भाषाका कारण रसुवागढी नाकाबाट आयात–निर्यात ठप्प

 कात्तिक २७, २०७६ बुधबार १५:२९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात दुवै रोकिएको छ । भाषाको कारण देखाउँदै दुवै पक्षले एक अर्काका सामग्री आयात तथा निर्यातमा रोक लगाएका हुन् ।

चीनबाट आउने खाद्य सामग्रीमा चिनियाँ भाषा मात्रै लेखेको कारण सुरुमा नेपाली पक्षले आयातमा रोक लगाएको थियो । त्यसपछि चिनियाँ पक्षले पनि नेपाली खाद्य सामग्रीको लेबलिङ चिनियाँ भाषामा पनि लेखिएको हुनपर्ने माग राख्दै निर्यातमा अवरोध सिर्जना गरेको हो ।

दुई महिनादेखि खाद्य सामग्रीको आयात तथा निर्यात नभएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । उहाँको अनुसार अंग्रेजी भाषामा लेबलिङ गरिएको चिनियाँ खाद्य सामग्री न्यून मात्रामा आएको छ ।

केही समयअघि बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकमा रसुवामा उत्पादन भएका सामग्री लैजाने सहमति भएको थियो । तर पछिल्लो समय भाषाको समस्या सिर्जना भएपछि यो प्रक्रिया पनि अघि बढ्न सकेको छैन ।

चीनबाट नेपालमा चक्लेट, चम्पा पिठो, बिस्कुट, सोया सस, भिनेगर, अचार, जुस पाउडर, चिकेन पाउडर, कफी, थुक्पा, चियापत्ति, ओखर, चामल, टिमुर, चिकेन ब्रोथ क्युब, मसरुम सुप, धुलो खुर्सानी, मसलालगायतका सामग्री आयात हुने गरेको छ ।

नेपालबाट भने मैदा, चिउरा, चिनी, जिरा, घिउ, चाउचाउ, पास्तालगायतका सामग्री निर्यात हुँदै आएको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया