सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
सुनसरी - धरान उपमहानगरपालिकाको मेयर पदका लागि दलहरुले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित नेकपा तथा नेपाली कांग्रेससहितका विभिन्न दलले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यही मंसिर १४ गते हुने उपचुनावमा धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी मेयर पदकै लागि चार स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरी वडा नम्बर ७ को अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट सुवर्णमोहन पालिखे र नेकपाका तर्फबाट जीवन सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।
गएको चुनावमा धरान उपमहानरपालिकामा मेयर पदमा तत्कालीन नेकपा एमालेका तर्फबाट तारा सुब्बा विजयी हुनु भएको थियो । काठमाण्डौमा उपचारका क्रममा उहाँको निधन भएपछि मेयर पद खाली भएको थियो ।
त्यस्तै वडा नम्बर ७ मा नेकपा एमालेकै तर्फबाट भुवनसिंह मोक्तान विजयी हुनु भएको थियो । उहाँको पनि बिरामी भएका कारण निधन भएपछि वडाध्यक्ष पद खालि भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।