पत्रकार अजयबाबु शिवाकोटीलाई ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’

 कात्तिक २९, २०७६ शुक्रबार १६:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पत्रकार अजयबाबु शिवाकोटीलाई ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । 

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको त्याे पुरस्कार शुक्रबार काठमाण्डौमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो ।

हाम्रा कुरा डट कमका संस्थापक प्रधानसम्पादक रहनुभएका उहाँले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेको समाचार सार्वजनिक गर्नु भएको थियो । इन्जाले शिवाकाेटीकाे साहसिक कामको सम्मान गर्दै सो पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

प्रेस युनियनका महासचिवसमेत रहनु भएका शिवाकोटीले तत्कालीन सभामुख महराको त्याे समाचार सार्वजनिक गरेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएकाे थियाे । पुरस्कारबाट सम्मानित हुनुहुने पत्रकार शिवाकोटीले २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आबद्ध भई इमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका सञ्चाचार माध्याममा रहेर काम गरिसक्नु भएको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया