सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - ठगी मुद्दामा थुनामा रहेका उद्योगी रुप ज्योति हाजिर जमानीमा रिहा हुनुभएकाे छ ।
गएकाे कार्तिक २१ गते ठगी मुद्दामा पक्राउ परेका ज्याेति सरकारी वकिलकाे कार्यालय काठमाण्डौकाे शुक्रबार पत्रअनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा हुनुभएकाे हाे ।
‘जाहेरीवालाले रुप ज्याेति र छाेरी सुरुचीसहित ज्याेति परिवारका एघार जनाविरुद्ध दिएकाे आफ्नाे निवेदन फिर्ता लिइसकेकाे र जिल्ला सरकारी वकिलकाे कार्यालयबाट संकलित प्रमाणबाट मुद्दा चलाउनु नपर्ने देखिएकाले त्यसकाे निकासका लागि उच्च सरकारी वकिलकाे कार्यालय पाटनलाई पत्र लेखिएकाे छ’, जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैका सूचना अधिकारी तथा सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले भन्नुभयाे, ‘मुद्दा नचल्ने भएपछि प्रतिवादीहरुलाई थुनामा राख्नु उचित नभएकाले तबसम्मका लागि हाजिर जमानीमा छाडिएकाे हाे।’
खनालका अनुसार ज्याेतिमाथि मुद्दा चल्ने नचल्ने निर्णय भने महान्यायाधिवक्ताको कार्यालयले गर्दछ र यस सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैले उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा अनुरोध गरेको छ ।
के हाे हाजिर जमानी / जिम्मा जमानी?
वादीमाथि मुद्दा चल्ने/नचल्ने निर्णय नहुन्जेलसम्मका लागि प्रतिवादीलाई बाेलाएकाे बेला अनिवार्य उपस्थित गराउने शर्तमा कसैकाे जमानीमा रिहा गरिन्छ । याे मुद्दामा पनि आवश्यक परेकाे बेला रुप ज्याेति तथा उनकी छाेरी सुरुची आफैँ उपस्थित हुनुपर्छ वा आज जिम्मा लिएका व्यक्तिले उपस्थित गराउनुपर्ने हुन्छ ।
मिलापत्र हाेइन, मुद्दा नचल्ने निर्णय हाे
ठगी मुद्दामा पक्राउ परेका उद्याेगी रुप ज्याेति तथा उनकी छाेरी सुरुचीलाई आज हाजिर जमानीमा छाेडिएकाे प्रसंग मिलापत्र नभइ मुद्दा नचल्ने निर्णय हाे ।काठमाण्डाैका सूचना अधिकारी तथा सहायक जिल्ला न्यायाधिवक्ता खनाल भन्नुहुन्छ, ‘अदालतमा मुद्दा चलिसकेपछि वादी र प्रतिवादीवीच मिल्ने मिलाउने प्रक्रिया मात्र मिलापत्र हाे । याे प्रसंगमा निवेदकले नै मुद्दा फिर्ता लिएकाे स्थिति छ । त्यसैले याे मिलापत्र हाेइन, मुद्दा नचल्ने निर्णय हाे ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।