बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
जेठ ९ – युएईको दुवईमा कार्यरत एक नेपालीले आफूले भेटेको झण्डै डेढ करोड रुपैयाँ फिर्ता गरेका छन् । झापाका मिरन कार्कीले आफूले काम गर्ने ठाउँमा भेटेको एक लाख १८ हजार अमेरिकी डलर अथवा १ करोड २८ लाख रुपैयाँ फिर्ता गर्नुभएको हो ।
युएईको अलसाया कम्पनी अन्तर्गत इमिरेट्स मल अलबर्षा रहेको स्टारबक्स कफी पसलमा कार्यरत कार्कीले आँफैले काम गर्ने ठाउँमा पैसा भेट्टाएर फिर्ता गर्नुभएको हो ।
कार्कीले नगद रकम सहित पर्यटकीय भिसामा आएका प्यालेस्टाइन नागरिकहरुको राहदानी पनि रहेको झोला स्थानीय प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई बुझाउनु भएको हो ।
‘काम गर्ने पसलमा सामान भेटेपछि कम्पनीको छुट्टै प्रक्रिया छ । नगद पैसा भएको झोला लिएर मलको सेक्युरिटीमा जाँदा पनि लिन नमानेपछि स्थानीय प्रहरीलाई फोन गरेर आफैंले पैसा र पासपोर्ट बुझाएको हुँ’ कार्कीले उज्यालोसँग भन्नुभयो ।
भेटेको नगद र पासपोर्ट प्रहरीलाई बुझाएका मिरनलाई स्थानीय प्रहरीले मंगलबार सम्मान गरेको छ । स्थानीय प्रहरीलाई सहयोग गरेको भन्दै युएईले आफ्नो देश आएको पर्यटकको हराएको सामान र पास्पोर्ट भेटाउन मद्दत गरेकोमा इमान्दार नेपाली नागरिकको प्रमाणपत्र पनि दिएको छ । यो सम्मान युएईको राष्ट्रिय पुरस्कार सरहको रहेको स्थानीय प्रहरीले उल्लेख गरेको छ ।
दुवई पुलिसको अनुसन्धान गर्ने शाखाका सहायक निर्देशक कर्नल मोहम्मद अकिल अहली सहितको टोली कार्कीले का मगर्ने कम्पनीमै पुगेर उहाँलाई सम्मान गरेको हो ।
‘कार्कीले जुन इमान्दारिता देखाउनु भयो यो एउटा इमानी नागरिकको नमुना हो, नेपाली नागरिक बहादुर मात्रै होइन इमानी पनि हुन्छन भनेर देखाउनुभयो भनेर सहायक निर्देशक कर्नल अहलीले भनेको कुरा सम्झिँदा साह्रै खुशी लाग्छ ।
कम्पनीको केन्द्रीय कार्यालय दुवईबाट उहाँलाई धन्यवाद सहित फोन आएको र केन्द्रीय कार्यालय कुवेतबाट सीइओले समेत बधाई दिएको कार्कीले बताउनुभयो । युएई प्रहरीले सम्मान गरेको भिडियो अहिले यहाँ भाइरल भईरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।