सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - खुल्लामञ्च अतिक्रमण विरुद्ध सञ्चालित अकुपाई टुँडिखेल अभियानअन्तर्गत 'प्रकृतिलाई माया गरौँ' भन्ने सन्देशसहित शनिबार टुँडिखेलमा खरीको बिरुवा रोपिएको छ ।
विभिन्न बहानामा उपत्यकाका खुल्ला स्थान अतिक्रमण हुन थालेपछि नागरिक समाज तथा स्थानीय युवाहरु अकुपाई टुँडिखेल अभियानमा जुटेका हुन् । अकुपाई टुँडिखेल अभियानको दोश्रो कार्यक्रम अन्तर्गत शनिबार टुँडिखेलमा खरीको बिरुवा रोपिएको हो ।
यसअघि अघिल्लो शनिबार खुल्लामञ्चको चारै तर्फबाट मानव साङ्लो बनाएर अभियान सुरु गरिएको थियो । अभियानमा राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीयबासी, नागरिक समाजका अभियन्ता तथा युवाहरुको सहभागिता रहेको थियो ।
अभियान अन्तर्गत शनिबार 'प्रकृतिलाई माया गरौँ रुखविरुवाको संरक्षण गरौँ' भन्ने सन्देश दिदै टुँडिखेलमा खरीको विरुवा रोपिएको हो । अकुपाई टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले पछिल्लो समय राजधानी उपत्यकाका रुखहरु काटिँदै गएको तर रोप्ने काम नभएकाले 'प्रकृतिलाई माया गरौँ' भन्ने सन्देश दिनका लागि प्रतिकात्मक रुपमा खरीको बिरुवा रोपिएको बताउनुभयो ।
खुल्ला स्थान अतिक्रमण हुनबाट जोगाउनका लागि ३ महिनाको समय दिएर सुरु गरिएको अकुपाई टुँडिखेल अभियानअन्तर्गत आगामी दिनमा सञ्चालित कार्यक्रमहरुमा जनप्रतिनिधिहरुलाई ल्याएर खरीको बोटमा सपथ खुवाइने अभियानकै अर्का सदस्य गणपतिलाल श्रेष्ठले बताउनुभयो ।
भूकम्पपछि अस्थायी रुपमा प्रयोग गरिनुको साथै खुलामञ्चको केही भाग विभिन्न संघ संस्थालाई दिइएको छ । त्यसैगरी त्यहाँ रहेका दुइटा गुठीले पनि व्यावसायिक प्रयोजनका लागि जग्गा भाडामा लगाएका छन् ।
खुलामञ्चमा वीर अस्पतालको स्टोररुम देखि निर्माण सामग्री राख्ने, गाडी पार्किङ गर्ने गरिएको छ । पुरानो बसपार्कमा भ्यूटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामञ्चमा नै गराइएको छ ।
अनधिकृत पार्किङ गर्ने र विभिन्न बहानामा जमिन ढलान गर्ने तथा पछिल्लो समय स्थायी प्रकृतिका संरचना बन्न थालेपछि चौतर्फी विरोध हुँदै आएको थियो । खुल्ला मञ्च अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले गएकाे शनिबारदेखि अकुपाई टुँडिखेल अभियान सुरु गरेका हुन् । खुल्ला मञ्चलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार अकुपाई टुँडिखेल अभियानअन्तर्गत विभिन्न कार्यक्रम गरिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।