सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्ति सम्मानित

 मंसिर १, २०७६ आइतबार १२:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सरकारले सम्मान गरेको छ ।

कर दिवसको अवसरमा भएको कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उत्कृष्ट करदातालाई सम्मान गर्नुभएको हो । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि परेको छ । यस्तै दोस्रोमा डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि र चौथोमा राष्ट्रिय वाणिज्य बैंकले धेरै कर तिरेका छन् ।

कृषितर्फ सर्वाधिक कर तिर्नेमा अन्नपूर्ण एग्रो रहेको छ भने लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, स्वास्थ्य शिक्षातर्फ मणिपाल नेपाल, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी, व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेटेड र सूचना सञ्चारमा वर्ल्डलिंंक कम्युनिकेसनले सबैभन्दा धेरै कर तिरेर सम्मानित भएका छन् ।

यस्तै मध्यमस्तरीय करदातामा कामना सेवा विकास बैंक र मूल्य अभिवृद्धि कर भ्याट धेरै बुझाउनेमा घोराही सिमेन्ट रहेको छ ।

यसैगरी सबैभन्दा धेरै व्यक्तिगत कर तिर्ने सिद्धार्थ शम्शेर राणालाई पनि विभागले सम्मान गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले राज्यलाई कर तिर्दा गौरव लाग्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले नागरिकको करको सदुपयोगतर्फ पनि सरकार सचेत रहेको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया