सुर्ती उद्योगसहित ७ वटा कम्पनीका सञ्चालकविरुद्ध १० करोड रुपैयाँ कर छलीको मुद्दा दायर

 मंसिर ३, २०७६ मंगलबार १९:३६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौका विभिन्न सुर्ती उद्योगविरुद्ध कर छलीको मुद्दा दायर भएको छ ।

सुर्ती उद्योग, केही कम्पनी र सञ्चालकविरुद्ध १० करोड १५ लाख रुपैयाँ बिगो र ३/३ वर्षका दरले  कैद सजाय माग गरेर राजस्व अनुसन्धान विभागले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

ग्रीन टोबाको कम्पनीका सञ्चालक प्रभुराम थापा, सफिन एन्ड ब्रदर्स इन्टरप्राइजेजका सरोज केसी, आरएस स्टोरका मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगका सुष्मा गोयन्का, गोल्डेन टोबाको इन्डष्ट्रिज, सहयोग सुर्ती उद्योगका सञ्चालक दिनेश बसुकला र ओम साई सुर्ती उद्योगकी सञ्चालक जानुका कार्कीविरुद्ध कर छलीको मुद्दा दायर भएको हो ।

उनीहरुले अन्तशुल्क स्टिकर नलगाइ सुर्तीजन्य पदार्थ उत्पादन गरेर बेचेको, अभिलेख मौज्दात फरक देखिएको तथा नक्कली बिल बीजक प्रयोग गरेको भेटिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • b. m waiba

    Nov. 20, 2019, 7:39 a.m.

    कर छलीको मुद्दा दायर गरेर के गर्नु , मन्त्री नै यसको संरक्षक भएपछि.......

  •  0 Reply

तपाईको प्रतिक्रिया