पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजबहादुर चन्द मृत फेला

 मंसिर ४, २०७६ बुधबार १३:५४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजबहादुर चन्दको मृत्यु भएको छ ।

५८ वर्षीय वडाध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका वडा नम्बर ४ कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिनुभयो । मंगलबार कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडा अध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेकाे उहाँले बताउनुभयो । मृतक चन्दको शव बाटोभन्दा केही तल लडेको अवस्थामा फेला परेको छ ।

प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया