रोकिराखेको बस पल्टिँदा एक जनाको ज्यान गयो

 मंसिर ४, २०७६ बुधबार १४:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रोकिराखेको बस दुर्घटना हँुदा वैत्यश्वर गाउँपालिका– ३ मिर्गेकी ७० वर्षीया कुमारी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मिर्गेबाट काठमाण्डौका लागि छुटेको बा ३ ख २९९७ नम्बरको बसमा २० जना यात्रु रहेका थिए । ठूलीनागीमा पुगेपछि डिजेल सकिएर बस रोकिएको थियो । रोकिएकै बस अचानक पल्टिएको हो । रोकिएको बसबाट यात्रुहरु बाहिर निस्किएका थिए ।

बसमा ७० वर्षीया वृद्धासहित अन्य दुई जनामात्रै थिए । दुई जना बाहिर निस्किए पनि ७० वर्षीया वृद्धाको बसले च्यापिएर ज्यान गएको प्रहरीले जनाएको हो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया