सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनले भाडा लिएर यात्रु ओसारपोसार गरेको सम्बन्धमा आपत्ति जनाएको छ ।
विभागले विज्ञप्ति जारी गर्दै 'टूटल' र 'पठाओ' लगायतका सवारी साधनले निजी सवारीलाई पनि भाडा लिएर यात्रु ओसारपसार गर्नु कानुनको उल्लंघन भएको जनाएको छ ।
यससम्बन्धमा व्यापक जनगुनासो आएपछि विभागले कानुन बमोजिम कारबाही गर्ने पनि उल्लेख गरेको छ । एउटा प्रयोजनका लागि दर्ता भएको सवारी साधन अर्काे प्रयोजनमा प्रयोग नगर्न विभागले सचेत गराएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन’ भन्ने कानुनी व्यवस्था छ ।
यसअघि पनि विभागले कारबाही थालेपछि प्रधानमन्त्री ओलीले नयाँ प्रयाेगलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न निर्देशन दिनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विनोद पौडेल
Nov. 20, 2019, 4:42 p.m.टुटल र पठाओ जस्ता कम्पनीले जुन किसिमको सेवा दिँदै आएका थिए, उनीहरुलाई उत्साहजनक रुपमा सहयोग गर्नुको सट्टा बन्देज गर्नु राम्रो हुँदै होइन । विकसित देशमा भएका गरेका कामको अभ्यासलाई उतारेर अगाडि बढ्ने भन्ने जुन सरकारको धारणा थियो, सोही धारणा अनुरुप विकसित राष्ट्रमा चलेका यस्तैखाले अवधारणालाई अनुसरण गरेर नेपाल भित्रिएका यस्ता संस्थाहरुलाई बन्देज लगाउने कुरा पुरातनवादी सोच भएको मान्न सकिन्छ । कि त सार्वजनिक यातायातहरु भरपर्दो सुरक्षित र सुबिधायुक्त हुनुपर्यो, होइन भने निजी प्रयासबाट चलेका यस्ता कम्पनीहरुलाई नियमन गरी व्यवस्थित तरिकाले चल्न दिनुपर्ने हुन्छ ।