दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
काठमाण्डौ - त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बाँस्कोटाले आन्दोलनरत विद्यार्थीका लागि ‘विशेष परीक्षा’ गराउने प्रतिबद्धता जनाउनु भएको छ ।उहाँले यो विषय बाहिर नलैजान पनि उहाँले आग्रह गर्नुभएको छ ।
पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेपछि विज्ञान तथा प्रविधि संकायको भौतिकशास्त्र अन्तर्गत ‘क्वान्टम मेकानिक्स’ विषय पढ्ने स्नात्तकोत्तर तह प्रथम सेमेस्टरका विद्यार्थीले परीक्षा बहिष्कार गरेर आन्दोलन गर्दै आएका थिए ।
आन्दोलनरत विद्यार्थीलाई शुक्रबार आफ्नै कार्यालयमा बोलाएर छलफल तथा परामर्श गरेका उपकुलपति बाँस्कोटाले ‘विशेष परीक्षा’ गराउने प्रतिबद्धता जनाएका छलफलमा सहभागी विद्यार्थी आशीष पौडेलले जानकारी दिनुभयो ।
‘एक घण्टासम्म विद्यार्थीका कुरा सुनेर विशेष परीक्षा गराउँछु भन्नुभएको छ’, पौडेलले भन्नुभयो, ‘यो विषय विवादित बनाएर बाहिर लैजानभन्दा आन्तरिक रुपमा मिलाउने वातावरण बनाएर सहयोग गर्न पनि उपकुलपतिज्यूले आग्रह गर्नुभएको छ ।’
परीक्षा बहिष्कार गरेपछि समस्यामा परेका विद्यार्थीले यसअघि पूर्व पदाधिकारीसँग पटक-पटक आफ्ना माग सम्बोधन गर्न आग्रह गर्दै आन्दोलन गरिरहेका थिए । तर विद्यार्थीका माग सुनेर समस्या सम्बोधन गर्नुको साटो पूर्व पदाधिकारी एक अर्कोलाई दोष देखाउँदै जिम्मेवारीबाट भाग्दै आएका थिए ।
पूर्वपदाधिकारीले माग सम्बोधन नगरेपछि विद्यार्थीले विभिन्न सञ्चारमाध्यममा पुगेर गुनासो पोखेका थिए । विद्यार्थीको गुनासो र विवादित परीक्षाका विषयमा प्रतिक्रिया लिन खोज्दा तत्कालीन उपकुलपति तीर्थ खनियाँ, शिक्षाध्यक्ष सुधा त्रिपाठी, विज्ञान तथा प्रविधि संकायका डीन रामप्रसाद खतिवडा, विभागीय प्रमुख विनिल अर्याल ‘आफूलाई थाहा छैन’ भन्दै पन्छिँदै आएका थिए ।
उनीहरुले पटक पटक फोन गर्दा नउठाउने र उठाए पनि यो विषयमा ‘मलाई नसोध्नु’ भन्दै मोबाइल ‘स्विच अफ’ गरेर बस्ने गरेकाे विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीकाे आन्दोलन, सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशन प्रसारण तथा त्रुटि छानबिन गर्न क्वान्टम मेकानिक्स विषयका विज्ञ सिताराम ब्याहुतको नेतृत्वमा समिति बनाए पनि गल्ती सच्याउनुको साटो ढाकछोप गर्दै आएका विद्यार्थीहरुकाे गुनासाे छ ।
ब्याहुत नेतृत्वको छानबिन समितिले २५ पूर्णाङ्कको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट सोधिएको र १० पूर्णाङ्कको प्रश्नपत्र पनि पाठ्यक्रममा भए-नभएको निश्चित नभएको प्रतिवेदन बुझाएको थियो ।
तर त्रिविका पदाधिकारीले भने छानबिन प्रतिवेदन लुकाएर पाठ्यक्रमभित्रैबाट प्रश्नपत्र सोधिएको र परीक्षा बहिष्कार गर्नु विद्यार्थीको गल्ती भएको गैरजिम्मेवार जवाफ फर्काउँदै आएका थिए ।
भएको के थियो ?
२०७५ पुस २९ गते ३५ पूर्णाङकको परीक्षामा २५ पूर्णाङ्कको प्रश्न पाठ्यक्रमभन्दा बाहिरबाट सोधेपछि विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए । महेन्द्र क्याम्पस ताहाचलमा भएको परीक्षा विद्यार्थीले बहिष्कार गरे पनि एक घण्टापछि त्यही प्रश्नपत्र बाडेर त्रिविले परीक्षा सञ्चालन गरिएको थियो । धेरैजसो विद्यार्थीले बहिष्कार गरेको परीक्षामा केही विद्यार्थी भने सहभागी भए ।
क्वान्टम मेकानिक्स विषयकाे स्नातकोत्तर प्रथम सेमेस्टरमा ३५ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये धेरैले बहिष्कार गरे पनि केहीले भने एक घण्टापछि बाँडिएको त्यही प्रश्नपत्रमा परीक्षा दिएका थिए ।
विवाद र विद्यार्थीको आन्दोलन चलिरहे पनि विज्ञान तथा प्रविधि संकायका डीन रामप्रसाद खतिवडा र विभागीय प्रमुख विनिल अर्यालले २०७६ वैशाख ११ गते परीक्षाको नतिजा सार्वजनिक गर्नुभएको थियो ।
नतिजा सार्वजनिक भएपछि विवाद र आन्दोलन झन् चर्केकाेले राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनसमेत थालेका थिए।
तर त्रिविका पूर्व पदाधिकारीकै जोडबलमा अख्तियारले छानबिन स्थगित गरेर मुद्दा तामेलीमा राख्यो भने सतर्कता केन्द्रले पनि पूरा छानबिन नगरी अख्तियारतिरै फाइल पन्छाइदियो ।
सुरुमा सतर्कता केन्द्रले जवाफ माग्दा छानबिन समितिको प्रतिवेदनलाई समेत लत्याएर विभागीय प्रमुख विनिल अर्यालले पाठ्यक्रमभित्रैबाट प्रश्नपत्र सोधिएको भन्दै ‘झुटो’ प्रतिवेदन बुझाउनु भएको थियो ।
त्रिविका पदाधिकारीको जवाफ र विद्यार्थीको जवाफ बाझिन थालेपछि केन्द्रले विद्यार्थीले परीक्षा दिएको उत्तरपुस्तिका नधुलाउन परिपत्र गरे पनि गल्ती गर्ने पदाधिकारीमाथि न कारबाही हुन सक्यो, न त विद्यार्थीका लागि अर्को परीक्षा नै ।
यसबीचमा त्रिविले नियमित परीक्षाअन्तर्गत गएको असोज ५ गते क्वान्टम विषयको परीक्षा पनि सञ्चालन गर्यो । तर सबै विद्यार्थी परीक्षामा सहभागी भएनन् ।
विद्यार्थीले पहिलो परीक्षामा गल्ती गर्ने पदाधिकारीमाथि कारबाही गर्नुपर्ने र आफ्ना लागि फेरि छुट्टै परीक्षा हुनुपर्ने माग गर्दै आएका थिए । तर त्रिवि पदाधिकारीले विद्यार्थीका माग सुनेनन् ।
यसबीचमा सरकारले त्रिविमा नयाँ उपकुलपतिमा डा.बाँस्कोटालाई नियुक्त गर्यो । तर नवनियुक्त बाँस्कोटाले पनि विद्यार्थीका माग हत्तपत्त सुन्नुभएन । विद्यार्थीले माग सम्बोधन नगरे सर्वोच्च अदालत जाने चेतावनी दिएपछि उपकुलपति बाँस्कोटाले विद्यार्थीलाई अन्ततः वार्तामा बोलाएर ‘विशेष परीक्षा’ गराउने आश्वासन दिनु भएको हो । यद्यपि यसको कार्यान्वयन हुनेमा विद्यार्थीले आशंका व्यक्त गरेका छन् ।
‘भीसी (उपकुलपति)ज्युले विशेष परीक्षा त गराउँछु भन्नुभएको छ, तर हामीलाई त्यति विश्वास लागेको छैन’, विद्यार्थी आशिष पौडेल भन्नुहुन्छ, ‘हामीले गल्ती गर्ने पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग राखेका छौँ । एउटा परीक्षाको विवाद मात्रै समाधान नभइ पद्धतिमा नै सुधार हुनुपर्ने माग राखेका छौँ । उहाँले सबैसँग छलफल गरेर समाधान गर्छु भन्नुभएको छ, हेरौँ के हुन्छ ?’
शुक्रबार विद्यार्थीसँग छलफल गरेका उपकुलपति बाँस्कोटाले विवादको समाधान हुने तर बाहिर नलैजान आग्रह गरे पनि यो विषय अख्तियार र सतर्कता केन्द्रसम्म पुगिसकेको छ ।
आन्तरिक छलफल तथा परामर्श गरेर पुनःपरीक्षा गराए पनि त्रिविमा यस्ता अनेक गल्ती दोहोर्याइरहने पदाधिकारी तथा विभागीय प्रमुखमाथि उपकुलपतिले कारबाही गर्छन् कि गर्दैनन् भन्नेमा विद्यार्थीको कौतुहलता बाँकी नै छ ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।
अच्युत दाहाल
Nov. 23, 2019, 10:10 a.m.(२०७५ पुस २९ गते ३५ पूर्णाङकको परीक्षामा २५ पूर्णाङ्कको प्रश्न पाठ्यक्रमभन्दा बाहिरबाट सोधेपछि विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए ।) लाई सच्याउन अनुरोध गर्दछु। हुनुपर्ने २०७५ पुस २९ गते ४५ पूर्णाङकको परीक्षामा ३५ पूर्णाङ्कको प्रश्न पाठ्यक्रमभन्दा बाहिरबाट सोधेपछि विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए ।