पहिरोले बस पुर्‍यो, शहीदमार्ग अवरुद्ध

 साउन २, २०७५ बुधबार १६:३५:५५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिका चप्काखोलामा पहिरोले बस पुरेको छ ।

दाङको घोराहीदेखि रोल्पा हुँदै रुकुमपूर्वको चुनवाङका लागि छुटेको ना ४ ख ५०६० नम्बरको बस मंगलबार राति पहिरोले पुरिएको हो । सडक माथिबाट पहिरो आउन थालेपछि यात्रु र चालक बसबाट निस्किएकाले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

पहिरो आउने क्रम नरोकिएकोले शहीदमार्ग अवरुद्ध भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा सहिदमार्ग अन्तर्गत ओबाङ–बागमारा, थबाङ र रुकुम चुनवाङ सडक अवरुद्ध भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया