सप्तरी र गुल्मीमा डुबेर दुईजनाको ज्यान गयो
बैशाख ८, २०८१ शनिबार
दाङ - दाङको पहाडी भेगमा पर्ने बंगलाचुलीको बचेनीमा मंगलबार बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । बसका चालकसहित अन्य १२ यात्रु घाइते भएका छन् ।
दाङको घोराहीबाट प्यूठानको ढिकावनका लागि छुटेको ना ३ ख ६५४२ नम्बरको यात्रुवाहक बस घोराही-प्यूठान सडकखण्डको बचेनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा एक महिलाको ज्यान गएको छ । उनको परिचय खुलेको छैन । घाइतेहरुलाई अहिले उपचारका लागि दाङको घोराहीतर्फ ल्याउने काम भइरहेको प्रहरीको भनाइ छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।