साग : बंगलादेशविरुद्ध नेपाली महिला भलिबल टिमकाे सानदार जित

 मंसिर ११, २०७६ बुधबार १६:५६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गत नेपाली महिला भलिबल टिमले जितका साथ प्रतियोगिता सुरु गरेको छ । 

बुधबार भएको पहिलो खेलमा नेपाली महिला टिमले बंगलादेश टिमलाई ३–० ले पराजित गरेको हो । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेटमा बंगलादेशलाई २५–९ ले पराजित गर्‍याे । 

दोस्रो सेटमा पनि नेपालले सुरुवातदेखि नै अग्रता बनायो । नेपालले एक समय १२–५ को अग्रता बनाएको थियो । त्यसपछि २०–५ ले अगाडि रहेको नेपालले त्यसलाई कायमै राख्दै २२–५ को अग्रता बनायो । 

नेपालसामु निकै कमजोर देखिएको बंगलादेशले त्यसपछि स्कोरबोर्डमा चार स्कोर जोड्दा नेपालले सेट २५–९ ले आफ्नो पक्षमा पार्न सफल भयो । 

तेस्रो सेटको सुरुवातमा बंगलादेशले केही प्रतिस्पर्धात्मक खेल देखाए पनि त्यो धेरै बेर टिक्न सकेन । र अन्तिममा नेपालले २५–११ ले सेट आफ्नो पक्षमा पार्‍याे ।

जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । समूह चरणकाे अन्तिम खेलमा नेपालले बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया