प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, केही दिन अस्पतालमै राखिने

 मंसिर १३, २०७६ शुक्रबार ९:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ ।

स्वास्थ्यमा क्रमिक सुधार भए पनि डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले उहाँलाई अझै केही दिन अस्पतालको सघन उपचार कक्ष अर्थात् आईसीयूमै राखेर उपचार गरिने डाक्टरले बताएका छन् । 

गएको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा उपचार भैरहेको छ । उहाँको मिर्गौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस पनि गरिँदै आइएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया