इलामको जस्वीरे चिया उद्योगमा आगलागी, झन्डै ७ करोड रुपैयाँको ...
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – महाशिवरात्रिको लागि पशुपतिनाथमा दर्शनार्थीको भीड भएकाले त्यसैअनुसार ट्राफिक व्यवस्था मिलाइएको छ ।
पशुपति आसपासका ठाउँमा गाडी प्रवेशमा रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार सिनामङ्गलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्रमा गाडी प्रवेश निषेध गरिएको छ ।
यस्तै पुरानो बानेश्वर, भीमसेनगोला, सिनामङ्गल हुँदै तिलगंगासम्म तथा धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पशुपतितर्फ जाने गाडीलाई पनि रोक लगाइएको छ ।
चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पशुपति क्षेत्रभित्र प्रवेश गर्ने गाडीलाई पनि रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
पार्किङका लागि सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र वनकाली क्षेत्र छुट्याइएको छ ।
दर्शनार्थी एवम् भक्तजनका गाडीको लागि तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरीपारि करिडोर सडकमा पार्किङको मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरु पार्किङ्ग हुने छन् । दर्शनार्थी र गाडीको चापलाई हेरेर आवश्यकताअनुसार गाडी प्रवेशमा रोक तथा डाइभर्सन गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।