पाकिस्तानमा हुने १४ औँ सागको मिति तय

 फागुन १४, २०८१ बुधबार ८:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एशियाली ओलम्पिक काउन्सिलले पाकिस्तानमा हुने भनिएको १४ औं दक्षिण एशियाली खेलकुद (साग) को मिति तय गरेको छ ।

पाकिस्तानमा बसेको काउन्सिलको बैठकले साग सन् २०२६ को जनवरी २३ देखि ३१ तारिखसम्म गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।

पाकिस्तानका लाहोर, इस्लामाबाद र फैसलाबादमा साग अन्तर्गतका खेलकुद हुने निर्णयसमेत भएको छ ।

सन् २०१९ मा नेपालमा भएको १३ औं सागको समापनका क्रममा सन् २०२१ मा पाकिस्तानले १४ औं साग आयोजना गर्ने भन्दै झन्डा हस्तान्तरण गरेको थियो ।

साग हरेक दुई वर्षमा हुनुपर्ने थियो । पाकिस्तानले पछिल्लो पटक सन् २००४ मा नवौं सागको आयोजना गरेको थियो ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया