अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरधाम

 मंसिर १३, २०७६ शुक्रबार १३:४५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – श्रीराम र जानकीको विवाह पञ्चमी महोत्सवमा सहभागी हुन आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आइपुग्नु भएको छ । राष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजा पनि गर्नुभएको छ । 

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आएका साधु सन्तसहितको जन्तीलाई स्वागत गर्न बिहीबार साढे ११ बजेतिर जनकपुरधाम आइपुग्नु भएकी राष्ट्रपति भण्डारीले झण्डै १५ मिनेट जानकी मन्दिरमा पूजाआजा गर्नु भएको थियो । 

राष्ट्रपतिसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र सांस्कृतिक तथा पर्यटन मन्त्री योगेशकुमार भट्टराईले मन्दिरमा पूजाआजा गरेका छन् । जानकी मन्दिरका मान महन्त रामतपेश्वर दास वैष्णवले पूजाआजा गराउनु भएको हो । 

जानकी मन्दिरमा पूजाआजापछि उहाँहरु प्रदेश २ सरकारको मधेश भवनमा भेटघाट तथा भोजन गर्न जानु भएको छ । दिउँसो १ बजेपछि रंगभूमि मैदान बारह विघामा भारत अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति भण्डारीले स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जन्तीको स्वागतपछि उहाँ काठमाण्डा फर्किने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताउनु भयो । 

राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत गरेपछि विवाह पञ्चमी महोत्सवको साप्ताहिक कार्यक्रमअन्तर्गत तिलकोत्सव मनाउने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया