बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ पक्राउ

 मंसिर १३, २०७६ शुक्रबार १५:१३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धबाबालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार नै कृष्णदासविरुद्ध मुद्दा दायर गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ । मुद्दा दर्ता भएन भन्दै प्रहरीको आलोचना भए पनि प्रहरीले भने बिहीबार नै मुद्दा दायर गरिसकेको जनाएको छ । कृष्णदास पक्राउको विषय प्रहरीले सार्वजनिक भने गरेको छैन । तर प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने कृष्णदास गिरी बिहीबार बिहानैदेखि प्रहरी नियन्त्रणमा भएको बताएका छन् । 

जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी लिएर मात्रै सिद्धबाबालाई सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ ।

सिद्धबाबामाथि आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया