महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड...
फागुन १४, २०८१ बुधबार
अर्घाखाँची – अर्घाखाँचीको नरपानीमा गएको बुधबार भएको बस दुर्घटनाको बारेमा छानबिन गर्न समिति गठन गरिएको छ ।
बस दुर्घटनामा १९ जनाको ज्यान गएको थियो भने १० जना भन्दा बढी घाइते भएका थिए । गठन गरिएको समितिले १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्नेछ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नरपानीमा बुधबार भएको बस दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेलबासेको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिको सदस्यमा सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, पश्चिम नेपाल यातायात प्रा. ली. र देउराली यातायात प्रालीका एक÷एक जना सदस्य रहने छन् । सदस्यमा सन्धिखर्क नगरपालिका ६ का वडाध्यक्ष र पत्रकार महासंघका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि रहने छन् ।
सम्बन्धित समाचार
तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धान निकालिए पनि घटनाको बारेमा विस्तृत अनुसन्धान छानबिन समितिले गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।