भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
धादिङ - धादिङको त्रिपुरासुन्दरी भगवती मेला शुक्रबार त्रिपुरासुन्दरी भगवतीले माइती घरमा न्वागी खाएसँगै सकिएको छ ।
त्रिपुरासुन्दरी भगवतीलाई एक वर्षभित्र विभिन्न मन्दिरमा लगेर राख्ने र त्यहीँ पूजाआजा गर्ने अनौठो र रोचक परम्परा बाकेको याे मेला बिहीबार साँझदेखि रातभर पूजा पाठ गरेर शुक्रबार बिहानै देवीको प्रतीकलाई गाउँको मन्दिर सल्यानकोटबाट बेसीको मन्दिर आगिन्चोक झारिएकाे थियाे ।
देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भए पनि यो जात्रामा भक्तजनहरुले बाटोमै बसेर भगवतीको दर्शन गर्न पाउँछन् । मंसिर महिनाको विशेष: तिथिमा भगवतीलाई गाउँको मन्दिर सल्यानकोटबाट बेसीको मन्दिर आगिन्चोकको स्लयानबेसीमा सार्ने गरिन्छ ।
खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो तथा अप्ठेरो बाटो हुँदै शुक्रबार भगवतीलाई बेसीको मन्दिर ल्याइएको हो । जसलाई स्थानीयको भाषामा माइत ल्याइएको भनिन्छ ।
भगवतीको प्रतीक बेसी झार्दा भक्तजन र पुजारीहरुले खुँडा, खुकुरी सहित पञ्चेबाजामा नाच देखाउँदै दियो, कलश, बोकेर शंख, घण्ट बजाउँदै भगवतीको जयजयकार गाउँदै अविर जात्रा गरेका थिए ।
भगवतीको दर्शन गर्न पुगेका भक्तजनहरुले परैबाट पुजा गर्नुपर्ने प्रचलन छ । देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन् न फोटो नै देखेका छन् । एक वर्षभित्र विभिन्न ३ ओटा मन्दिरमा लगेर राख्ने र त्यहीँ पूजाआजा गर्ने अनौठो र रोचक परम्परा छ ।
यसै परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । याे भगवतीकाे मामाघरको रुपमा प्रसिद्ध छ ।
मंसिरदेखि चैत्रसम्म भगवतीलाई आगिन्चोक गाविसमा रहेकाे बेसीको मन्दिरमा राखिन्छ । सल्यानकोट गाविसकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिनाभन्दा बढी समय भगवतीलाई त्यहीँ पूजाआजा गरिने चलन रहेकाे सामाजिक कार्यकर्ता नारायण तिमल्सिनाले बताउनुभयो । त्रिपुरासुन्दरीको यो आफ्नो हो ।
नेपाल एकीकरणको बेला पृथ्वीनाराण शाहले काठमाण्डौ आक्रमण गर्न जाँदा त्रिपुरासुन्दरी भगवतीको आशिर्वाद पाएको खड्ग लिएर गएपछि काठमाण्डौ जितेको किंवदन्ती छ ।
यस वर्षदेखि गाउँपालिकाले नै त्रिपुरासुन्दरी भगवतीको न्वागी मेला आयोजना गर्न सुरु गरेको हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।