महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड...
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डाटा योजना ल्याएको छ । जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डाटा प्राप्त गर्दै निःशुल्क यूट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् ।
यो योजना शुक्रबारदेखि नै लागू भएको छ । यस योजनाअन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डाटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आइफ्लिक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्ने ग्राहकले बोनसस्वरुप एक जीबी र तीन जीबी डाटा प्राप्त गर्नेछन् ।
त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्ने ग्राहकले बोनसस्वरुप ६ जीबी र १५ जीबी डाटा प्राप्त गर्नेछन् । त्यस्तै प्लान ९९९ सुचारु गर्ने ग्राहकले थप २५ जीबी डाटा प्राप्त गर्नेछन् ।
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप यस योजना अन्तर्गतको भिडियो बोनस भिडियो डाटाले ग्राहकलाई थप फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ ।
एनसेलको मेरो प्लान अन्तर्गत प्रिपेड ग्राहकले बिना कुनै झन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् । यस बाहेक ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् ।
ग्राहकले *३०२# डायल गरी प्राप्त निर्देशनअनुसार मेरो प्लान सुचारु गरी योजनाको मजा लिन सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।