राम–जानकी विवाह उत्सव : तिलकोत्सव सम्पन्न

 मंसिर १३, २०७६ शुक्रबार १९:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – राम जानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन शुक्रबार साँझ तिलकोत्सव सम्पन्न भएको छ । मिथिला विवाह विधिअनुसार दुलही पक्षले दुलहा पक्षकोमा गएर दुलहालाई तिलक लगाउने अर्थात् टीकाटालो गर्ने परम्परा नै तिलकोत्सव हो । 

साँझ ६ बजेतिर रामजानकी मन्दिरबाट बाजागाजासँगै दुलही पक्ष फलफूल र मिठाइसहितका पाहुर लिएर राम मन्दिरमा गएका थिए । भारत अयोध्याबाट आएका जन्ती र भगवान रामको पक्षबाट राम मन्दिरका सन्त, महन्तको उपस्थितमा मैथिली भाषाको वैवाहिक लोकगीत र सांस्कृतिक कार्यक्रम गर्दै वैवाहिक विधिअनुसार माइती पक्षले रामजानकी मन्दिरमा तिलक चढाएको हो । 

कार्यक्रममा रामको पिताको भूमिकामा राम मन्दिरका महन्त बाबा रामगिरी र माता सीताको पिताको भूमिकामा जानकी मन्दिरका महन्त रामतपेश्वर देखिएका थिए ।

त्यस्तै प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, नेपाल सरकारका निवर्तमान मन्त्री रघुवीर महासेठ, प्रतिनिधि सभा सदस्य जुली महासेठ र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतले तिलकोत्सवमा सहभागिता जनाएका थिए । 

विवाह पञ्चमी महोत्सवको साप्ताहिक कार्यक्रमअन्तर्गत पाँचौ दिन शनिबार मटकोर र छैटौँ दिन विवाह महोत्सव मनाइने छ भने सातौँ अन्तिम दिन रामकलेवासहित जन्तीलाई बिदाइ गरी महोत्सव सम्पन्न हुनेछ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया