पालिका उपचुनावको प्रचारका लागि आज अन्तिम दिन, रातिदेखि मौन ...
मंसिर १३, २०८१ बिहिबार
जेठ ९ – दक्षिण अफ्रिकाका दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभीलियर्सले सबै प्रकारका अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट तत्कालै सन्यास लिने घोषणा गरेका छन् ।
बुधबार ट्वीट गर्दै उनले यो घोेषणा गरेका हुन् । ट्विटरमा पोष्ट गरिएको भिडियोमा उनले भनेका छन्, ‘अब अन्य खेलाडीलाई अगाडि जान दिनुपर्ने बेला आएको छ। उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट ११४ टेस्ट, २२८ ओडीआइ तथा ७८ टी ट्वेण्टी इन्टरनेशनलमा प्रतिनिधित्व गरिसकेका छन् ।
I’ve made a big decision today pic.twitter.com/In0jyquPOK
— AB de Villiers (@ABdeVilliers17) May 23, 2018
‘१४ सिजन अगाडि मलाइ पहिलोपटक राष्ट्रिय टोलीमा समावेश गर्दा एउटा हतास किशोर थिएँ । आज त्यही ठाउँबाट म सबै प्रकारका अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट तत्कालै सन्यास लिने घोषणा गर्दछु । ११४ टेस्ट, २२८ ओडीआइ तथा ७८ टि ट्वेण्टी आई पछि अब अन्य खेलाडीलाई अगाडि जान दिनुपर्ने बेला आएको छ’ उनले भिडियोमा भनेका छन् ।’
विश्वकै उत्कृष्ट ब्याट्सम्यानमध्ये एक डिभीलियर्स पछिल्लो समय चोट र खस्किँदो प्रदर्शनका कारण चिन्तामा थिए । आईपीएलमा यो वर्ष रोयल च्यालेन्जर्स बेंग्लोरलाई प्लेअफमा पु्र्याउन नसकेपनि डिभीलियर्स राम्रो प्रदर्शन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।