जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
दाङ - घोराही उपमहानगरपालिका १६ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो ।
कांग्रेसका उम्मेदवार डाँगीले १२१८ र केसीले १११७ मत ल्याउनुभयो ।
यहाँ ४ हजार ४ सय ५३ मतदातामध्ये ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । ६८ मत बदर भएको थियो । गएको चुनावमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा विजयी हुनुभएको थियो । बुढाको निधन भएपछि उपचुनाव भएको हो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।