अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - १३औँ दक्षिण एशियाली खेलकुद सागको औपचारिक उद्घाटन भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गर्नुभयो । सागमा सबै देशका खेलाडी तथा कर्मचारीले आ–आफ्नो देशको झण्डासहित मार्चपास गरेका छन् ।
उद्घाटनको मार्च पासमा नेपालको राष्ट्रिय झण्डा भाराेत्ताेलनका कमलबहादुर अधिकारीले बोकेका छन् । सागमा सहभागीहरुलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत गर्नुभएको छ । उहाँले संसारको केन्द्र दक्षिण एसिया बन्दै गैरहेकाले यस क्षेत्रको एकता थप जरुरी रहेको बताउनुभयो ।
उहाँले खेलकुदका माध्यमबाट दक्षिण एसियाले विश्वमा थप पहिचान बनाउन सक्ने बताउनुभयो । यस्तै उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेलले सरकारले यो प्रतियोगितालाई ठुलो महत्व दिएर उद्घाटन गरेको भन्दै सागको सफलताको शुभकामना दिनुभयो ।
यस्तै साग मूल आयोजक समितिका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले साग जस्तो विशिष्ट खेलकुद प्रतियोगिता आयोजन गर्न पाउनु नेपालको लागि गर्वको क्षण भएको बताउनुभयो । उहाँले नेपाल विश्वमै सुन्दर देश भएकोले खेलकुद पर्यटनको पनि उत्तिकै सम्भावना रहेको बताउनुभयो ।
यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले चुनौतीका बावजुद भूकम्पले ध्वस्त बनाएका संरचना मर्मत गरेर साग आयोजना गर्न सकिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले गौतमबुद्धको देशमा नेपाल भ्रमण बर्षको निम्तो पनि दिनुभएको छ ।
दशरथ रंगशालामा अहिले १५ हजार दर्शक, ५ हजारभन्दा धेरै विदेशी खेलाडी, प्रशिक्षक र कर्मचारीको उपस्थितिमा भव्य समारोह चलिरहेको छ । कार्यक्रममा ७ हजार सुरक्षाकर्मी, ४ हजार झाँकी समुहका सदस्य ३ हजार विद्यार्थी, र पाँच सय कलाकारले झाँकी, गीतसंगीत तथा खेल कौशल देखाउँदैछन् ।
साँझ परेसँगै रँगशालामा थरीथरीका आतिसबाजी पनि सुरु गरिएको छ । साग अन्तर्गत आजदेखि ब्याडमिण्टन र खोखोका खेल शुरु भइसकेका छन् । साग अन्तगर्तका खेल काठमाडौ, ललितपुर पोखरा र जनकपुरमा हुँदैछन् । सागमा यसपटक ३ सय १७ स्वर्ण पदक, ३ सय १७ रजत र ४ सय ८१ वटा कास्य पदकका लागि प्रतिस्र्धा हुनेछ । नेपालबाट ५ सय ९४ खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।