दाङको प्रदेशसभा उपचुनावमा नेकपा विजयी

 मंसिर १५, २०७६ सोमबार ५:३९:५८ | हेमराज शर्मा
unn.prixa.net

काठमाण्डौ - प्रदेशसभा उपचुनाव अन्तर्गत दाङ ३ (ख) मा नेकपाकी बिमलाकुमारी खत्री विजयी हुनुभएको छ ।

उहाँले २४ हजार २८६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याउनुभयो । 

यसअघि २०७४ सालको चुनावमा एमालेका उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर विजयी हुनुभएको थियो। त्यतिबेला कांग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया