महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड...
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – महानगरपालिकाले अनधिकृत विज्ञापन, पर्चा, पम्प्लेटलगायतका विज्ञापन ७ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
महानगर क्षेत्रभित्रका घर, कम्पाउन्ड, छत, बिजुलीका खम्बा, डिभाइडर आदीमा राखिएका पर्चा, पम्प्लेट, भित्तेलेखन, विज्ञापन बोर्ड, होडिङबोर्ड आदीले सहर कुरुप बनाएको र मानव स्वास्थ्यमा असर परेकाले तत्कालै त्यस्ता विज्ञापन हटाउन महानगरले एक हप्ते सूचना निकालेको हो ।
सात दिनभित्र सम्बन्धित संस्था तथा व्यक्तिले विज्ञापन नहटाए महानगरले हटाउने र त्यसवापत लागेको खर्च पनि उनिहरुबाटै असुलिने महानगरपालिकाले जनाएको छ ।
सर्वोच्च अदालतको २०७२ सालको भदौ १६ गतेको फैसलाले पनि काठमाण्डौमा विज्ञापन र प्रचार सागम्री राख्न नपाउने व्यवस्था गरेको थियो ।
यस्तै, महानगरपालिकाको २०७६ साल कात्तिक १७ गतेको निर्देशिका र विज्ञापन नितिले पनि सहर कुरुप बनाउने र मानव स्वास्थ्यमा असर गर्नेगरी विज्ञापन तथा प्रचार सामग्रीमा रोक लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।