बाराको गढीमाई मेलामा दिइने पशुबली प्रथालाई प्रदेश २ सरकारले निरुत्साहन गर्ने

 मंसिर १६, २०७६ सोमबार १५:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रदेश २ सरकारले बाराको गढीमाई मेलामा दिइने पशुबली प्रथालाई निरुत्साहन गर्ने भएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रेस विज्ञप्ति निकालेर समयको परिवर्तनसँगै विभिन्न किसिमका प्रथा, परम्परा र अभ्यास स्वरुप बली प्रथालाई निरुत्साहित गर्दै लैजाने बताउनुभयो । 

विज्ञप्तिमा भनिएको छ– धार्मिक तथा सांस्कृतिक मेला, पर्व र उत्सवहरु हाम्रो गौरवशाली धरोहर भएकाले यसलाई मानवीय मूल्य, मर्यादा र गरिमा अनुरुप सात्विक ढंगले मनाउन सरोकारवाला, स्थानियवासी एवं श्रद्धालु भक्तजनसँग आग्रह गर्दछु ।

पशुबलीलाई निरुत्साहित गर्दै यसपाली गढीमाई मन्दिरमा चढाइने परेवा संरक्षण गर्न २० जना स्वयंसेवक परिचालन पनि गरिएको छ । 

अहिले गढीमाई मेलामा भक्तजनको घुइँचो बढेको छ । महागढीमाई नगरपालिका १ बरियारपुरमा लागेको मेलामा नेपाल र भारतका दर्शनार्थीको घुइँचो बढेको गढीमाई मन्दिरका पुजारी मंगल चौधरीले बताउनुभयो । 

गढीमाई मेला गएको मंसिर १ गतेदेखि सुरु भएको हो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया