अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो
फागुन १४, २०८१ बुधबार
अर्घाखाँची – जिल्ला अदालत अर्घाखाँचीमा एक ८२ वर्षीय वृद्धले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् ।
भूमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोट कवेली पोखराका ८२ वर्षीय इश्वरीप्रसाद खनालले ५३ वर्षीय श्रीमती कमला खनालसँग सम्बन्ध विच्छेद गर्नु भएको हो । २०५६ सालको असार १७ गते खनालले हालको पाणिनि गाउँपालिका साविकको पाली गाविस निवासी कमला आचार्यसँग दोस्रो विवाह गर्नु भएको हो । पहिलेकी श्रीमती घरमा भए पनि छोरा नभएको भन्दै उहाँले घरपरिवारको राजीखुशीमै दोस्रो विवाह गर्नु भएको हो ।
छत्रदेव गाउँपालिका वडा नम्बर ४ केरुंगा निवासी ६५ वर्षीय जगलाल न्यौपानेले सोमबार ३८ श्रीमती तुलसा न्यौपानेसँग सम्बन्ध विच्छेद गर्नु भएको थियो । २०५६ सालमा मागी विवाह गरेका उहाँले विवाह भएको २० वर्षपछि जिल्ला अदालतमा आएर सम्बन्ध विच्छेद गरेका जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताउनुभयो । उनीहरु मात्र हैन अर्घाखाँचीमा सम्बन्ध विच्छेद गर्ने जोडीका संख्या बढिरहेको छ । यस आर्थिक वर्ष अर्थात साउनदेखि यता ५४ जोडीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन् ।
सम्बन्ध विच्छेद गर्नेमा ८० प्रतिशतभन्दा वर्ष ३० वर्षमुनिका रहेका छन् । अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् ।
गत आर्थिक वर्षमा जिल्ला अदालत अर्घाखाँचीमा १ सय ३८ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अदालतमा आएका मुद्दामध्ये अधिकांश मुद्दा सम्बन्ध विच्छेदका रहेका छन । गएको कात्तिक महिनामा मात्र १४ जोडीले सम्बन्ध विच्छेद गरेका थिए ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।