वित्तीय पहुँच सुनिश्चित गर्न 'सुदूरपश्चिम वित्तीय सम्मेलन'

 मंसिर २०, २०७६ शुक्रबार १२:१९:३९ | सीताराम ओझा
unn.prixa.net

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा 'सुदूरपश्चिम वित्तीय सम्मेलन' सुरु भएको  छ । 

वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वित्तीय सम्मेलनको उद्घाटन गर्नुभएको हो ।

नागरिकको वित्तीय पहुँचको सुनिश्चितता गर्ने, स–साना बचत परिचालन गरी पुँजी निर्माण गर्ने, सम्भाव्य परियोजनामा कर्जा लगानी अभिवृद्धि गर्ने, प्रदेशवासीलाई आधुनिक बैंकिङ प्रणालीमा आबद्ध गर्ने र वित्तीय पहुँचको माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउने उद्देश्यका साथ मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो । 

विषय विज्ञसहित चार सय ५० जनाको सहभागिता रहेको सम्मेलनमा वाणिज्य बैंक, विकास बैंक, सहकारी, जीवन तथा निर्जीवन बीमा संस्थान र निजी क्षेत्रबाट कार्यपत्र प्रस्तुत भइरहेको छ ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशको वित्तीय पहुँचको अवस्था, वित्तीय पहुँच पुग्न नसक्नुका कारण तथा चुनौती, वित्तीय पहुँच बढाउन गर्नुपर्ने काम लगायतको विषयमा समीक्षा भइरहेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • भरत सिह बिष्ट

    Dec. 6, 2019, 4:57 p.m.

    सम्भाव्यता अध्ययन गरी पिछडिएका साथै आर्थिक पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रमा बित्तिय पहुचका साथै बित्तिय साक्षरतालाइ पनि जाेड दिनु पर्ने दखिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया