घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
सुनसरी - इटहरीको मुख्य चाेकमा रहेको बिग बार होटलमा आगलागी भएको छ । सुर्य कम्प्लेक्सस्थित बिग बार रेष्टुरेण्टमा लागेको आगोले बिग बार नष्ट भएको छ ।
रातिकाे १ बजे लागेकाे आगाे साढे तीन घण्टापछि ९ वटा दमकलको सहायतामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।
विराटनगर, दमक, सप्तरी, धरानको २ वटा, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा र इटहरीको गरि आगाे निभाउन ९ वटा दमकल प्रयोग गरिएको थियो । आगलागि भएलगत्तै जुटेका स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलले तीन घण्टा लगाएर आगो निभाएका हुन् ।
चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो । बन्द रहेको बिग बार रेष्टुरेण्टमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।