नवलपरासी पश्चिममा दुई समूहबीच झडप, प्रहरीद्वारा हवाई फायर

 फागुन १३, २०८१ मंगलबार १४:४९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेको छ । केही महिनाअघि गाउँकै युवा र युवतीबीच भागी विवाह भएको र विवाद बल्झिएपछि दुई समूहबीच तनाव बढेको प्रहरीको भनाइ छ ।

आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय बासिन्दासहित झन्डै १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । हिजो बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको र त्यही विषयलाई लिएर आज बिहान तनावको अवस्था बनेको प्रहरीको भनाइ छ ।

अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको छ । प्रहरीको गाडीमा समेत आगजनी भएको छ । अवस्थालाई सामान्य बनाउन रुपन्देहीबाट थप प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार ५० जनाको प्रहरी टोली पठाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा यो घटना तथा पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पटक पटक झडप हुँदै आएकोतर्फ सांसद अमरेशकुमार सिंहले भीड देख्नेबित्तिकै गोली चलाउने प्रवृत्ति रोकिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया