ट्रककाे ठक्करबाट विद्यार्थी घाइते भएपछि काेहलपुर तनावग्रस्त : कर्फ्यु आदेश जारी

 मंसिर २२, २०७६ आइतबार १२:२३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – कोहलपुरमा ट्रककाे ठक्करबाट एक जना विद्यार्थी घाइते भएपछि स्थिति तनावपूर्ण भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुर आसपासका क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

बिहान कोहलपुरमा रहेकाे त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन् ।

उनीहरुले ट्रकमा तोडफोड र आगजनी गरेका छन् । विद्यार्थीको प्रदर्शन चर्किएपछि नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गरेको थियो । विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान समेत भएको छ ।

प्रहरीले चलाएको रबरको गोली लागेर विद्यार्थी सुशिल थापा गम्भीर घाइते हुनुभएको छ । उहाँको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थीहरुले कोहलपुर बजार बन्द गराउदै ईलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।  झड्पमा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम शाही सहित ९ जना प्रहरी र २५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

यसअघि ट्रककाे ठक्करबाट विद्यार्थीकाे ज्यान गएकाे भन्ने समाचार सच्याइएकाे छ : सम्पादक

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया