जलवायु परिवर्तन र रसायनका कारण महासागरमा अक्सिजनकाे मात्रा घट्याे: अध्ययन

 मंसिर २२, २०७६ आइतबार १५:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

जलवायु परिवर्तन र बालीनालीमा प्रयाेग गरिने पोषक तत्वहरुबाट निस्कने प्रदूषणका कारण महासागरमा अक्सिजनको मात्रा घटिरहेको अध्ययनले देखाएको छ ।

प्रकृतिको लागि अध्ययन गर्ने समूह आईयूसीएनले गरेको अध्ययनले जलवायु परिवर्तन र पोषक तत्वबाट निस्कने प्रदूषणका कारण महासागरमा अक्सिजनको मात्रा घट्दा माछाको प्रजाति खतरामा परेको देखाएको बीबीसीले जनाएकाे छ ।

केही दशकयता समुन्द्रमा पोषक तत्व कम भैरहेको यसअघिका अध्ययनले देखाएका भए पनि जलवायु परिवर्तनका कारण अवस्था लगातार खराब भैरहेको अनुसन्धानकर्ताको दावी छ ।

सन् १९६० को दशकमा महासागरमा ४५ ठाउँमा अक्सिजनको कमी रहे पनि अहिले बढेर ७ सय ठाउँ पुगेको पनि अध्ययनले देखाएको बीबीसीले जनाएको छ । अक्सीजनको कमिले ट्यूना, मार्लिन र शार्कसहित केहि प्रजाती खतरामा परेका खबरमा उल्लेख छ ।

केही वर्षयता भने जलवयु परिवर्तनका कारण महासागर आसपास धेरै कार्बनडाइ अक्साइड उत्पन्न हुने तथा महासागरले तापक्रम अत्यधिक साेस्ने हुनाले पानी तात्ने र अक्सिजन कम हुने देखिएकाे छ ।

धेरै समयदेखि खेतबारी तथा कारखानाबाट नाइटोजन तथा फस्फोरसजस्ता रसायन महासागरमा पुगेर महासागर तथा त्यसका किनार आसपासका क्षेत्रमा अक्सिजनको मात्रा घटाउन मुख्य भूमिका खेलिरहेको अध्ययनहरुले देखाएकाे पाइएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया