प्रतिवेदन भन्छ : आयल निगमले धेरै नाफा खाँदा हवाइ भाडा महँगो भयो

 मंसिर २२, २०७६ आइतबार १४:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हवाइ भाडा समायोजन सम्बन्धमा गठन गरेको कार्यदलले नेपाल आयल निगमले हवाइ इन्धनमा अत्याधिक नाफा लिइरहेको निष्कर्ष निकालेको छ ।

नेपाल भ्रमण वर्ष मनाउने क्रममा स्वदेशी र विदेशी हवाइ यात्रुबीच समान भाडा कायम गर्ने, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सुविधा दिने, इन्धनको मूल्य घटाउने र अन्तर प्रदेश हवाइ उडान सुरु गर्ने सम्बन्धमा बनेको कार्यदलले नेपालमा हवाइ भाडा महँगो हुनुको मुख्य कारण महँगो हवाइ इन्धन नै भएको बताएको छ । 

भारतीय आयल कर्पोरेशनबाट किनेको मूल्यमा नेपाल आयल निगमले अधिक नाफा खाएर हवाइ कम्पनीलाई इन्धन बेचेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएमा हवाइ भाडा पनि घट्न सक्ने प्रतिवेदनमा जनाइएको छ ।

हवाइ इन्धनकै कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परिरहेको आरोपबाट मुक्त हुन पनि हवाइ इन्धनको भाडा घटाउनुपर्ने देखिएको प्रतिवेदको सुभाव छ  ।

प्रतिवेदनका अनुसार निगमले हवाइ इन्धनमा प्रतिलिटर ४२ रुपैयाँ नाफा राख्दै आएको छ । स्वचालित मूल्य प्रणालीबाट मूल्य निर्धारण गर्न पनि कार्यदलले सुझाव दिएको छ । यस्तै अध्ययन गर्दाको बखत आयल निगमले उपभोक्तालाई सस्तो मूल्यमा इन्धन दिने नाममा १५ दिनमा ११ करोड रुपैयाँ घाटा खाएको तर हवाइ इन्धनबाट भने ३ करोड नाफा कमाइरहेको कार्यदलको ठहर छ ।

कार्यदलले ग्याँसमा उपभोक्तालाई दिएको सहुलियत काटेर इन्धनको नाफा घटाउन पनि सुझाव दिएको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया