घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - प्रहरीले लागुऔषध बनाउने रसायनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध बनाउने ४ किलो २ सय ग्राम रसायन इफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश अमात्यले गएको शुक्रबार कार्गोबाट न्युजिल्याण्ड पठाउन लागिएको रसायनसहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको बताउनुभयो । उहाँले काठमाण्डौको एक कार्गोबाट न्युजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम जाँच गर्दा फल्स बटम बनाएर लुकाएर राखिएको अवस्थामा फेला पारेको जानकारी दिनुभयो ।
उहाँका अनुसार न्युजिल्याण्ड पठाउन लागिएको रसायन लागुऔषध एम्फेटामिन बनाउन प्रयोग गरिने र चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरेर न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा बिक्री गर्न लागिएको हाे ।
प्रहरीले यसअघि पनि यस्तै प्रकारको रसायन स्यूडोइफेड्रिन ट्याब्लेट ४७१.८८ केजीसहित आर्य फर्मास्युटिकल्सका सञ्चालकलाई २०७३ साउन १२ गते पक्राउ गरेको थियो । प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिकलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको समेत बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।