लमजुङ बस दुर्घटना अपडेट : घाइते ६ जनाकै परिचय खुल्याे, ज्यान गुमाउनेकाे पहिचान हुन बाँकी

 मंसिर २२, २०७६ आइतबार १८:१३:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका ७ को पाउँदीमा आइतबार बिहान भएको बस दुर्घटनामा घाइते भएका ६ जनाकै परिचय खुलेको छ ।

लमजुङ बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवाहक बस पाउँदीमा दुर्घटना हुँदा गोरखाको धार्चे गाउँपालिकाका २ का ४२ वर्षीय आइतराम गुरुङ, त्यही ठाउँकी सुस्मिता गुरुङ, गोरखकै थुमी गाउँपालिका ३ का २८ वर्षीय राजन गुरुङ, लमजुङको बेसीशहर नगरपालिका १ की ३५ वर्षीया जमुना परियार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वसन्तबहादुर राना मगरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइते भएकाहरुकामध्ये ४ जनाको मनकामना अस्पताल प्रालि चितवनमा उपचार भइरहेको छ । 

त्यस्तै घाइते हुनुभएकी गोरखाकी २० वर्षीया दिपिका लामिछानेको पुरानो मेडिकल कलेज चितवनमा उपचार पश्चात् डिस्चार्ज भइसकेको छ ।

दुर्घटनामै घाइते हुनुभएकी लमजुङको मस्र्याङ्दी गाउँपालिका ९ की ३२ वर्षीया पुनम भुजेललाई थप उपचारका लागि मणिपाल हस्पिटल पोखरा रिफर गरिएको छ ।

प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकि राखिएको बस सडकबाट पाउँदी खोलामा खस्दा घाइते भएकी एक जना महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । मृतकको अझै पहिचान खुल्न सकेको छैन ।

बस चालक, तनहुँ भन्सारका कृष्ण आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया