उत्तरपुस्तिका हेरफेर गर्ने त्रिविका लेखा अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

 मंसिर २२, २०७६ आइतबार १९:५८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

दाहालसहित त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरी, परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर भएको हो ।

उनीहरुले परीक्षार्थीसँग रकम लिएर उत्तरपुस्तिकाको प्राप्ताङ्क फेरबदल गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुसँग रकम लिएर परीक्षाका उत्तरपुस्तिकाको प्राप्ताङ्क फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखेर भित्री पानाहरु घर लगेर विज्ञलाई लेख्न लगाई फेरी बास्तविक कभरपेजमा स्टिज लगाएको उनीहरुमाथि आरोप छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया