चक्रपथभित्रका सडकमा भाेलि जोर नम्बरका सवारी मात्रै चलाउन पाइने

 मंसिर २३, २०७६ सोमबार ६:१४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको समापनका दिन मंगलबार ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । 

उद्घाटनका दिन बिजोर नम्बरका सवारी मात्रै सञ्चालन गरिएकाले समापनका दिन रिङरोड भित्रका सडकमा जोर नम्बरका सवारी मात्रै चलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ । 

यसका साथै ठूला मालवाकह सवारी साधन रिङरोडभित्रको सडकमा प्रवेश नगराउन पनि उसले आग्रह गरेको छ । 

दशरथ रंगशालामा समापनको कार्यक्रम हुने भएकाले सकभर त्यसआसपासको सडक प्रयोग नगर्न पनि ट्राफिक प्रहरी महाशाखाले सबैमा अनुरोध गरेको छ ।

समापनका दिन सकेसम्म सवारी साधन नै ननिकाल्न र निकाल्नै पर्ने भए वैकल्पिक मार्गको प्रयोग गर्न पनि उसले सुझाव दिएको छ । 

समापनका बेला रंगशालामा हुने कार्यक्रम हेर्न आउने सर्वसाधारणको सवारी टुंडिखेलमा पार्किङ गरेर राख्नु पर्ने व्यवस्था मिलाइएको छ ।  

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया