घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति स्पेन प्रस्थान गर्नुभएको छ ।
स्पेनको म्याड्रिडमा सुरु सम्मेलनको विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । म्याड्रिड उड्नुअघि मन्त्री बस्नेतले नेपालले यसपटक हिमालयमा हिउँ पग्नले क्रम तीव्र रुपमा बढेकाले विश्व तापमानमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेकोतर्फ सभाको ध्यानाकर्षण गराउने बताउनुभयो । साथै यसबाट उत्पन्न विषम परिस्तिथिको सामाना गर्ने सम्बन्धमा योजना प्रस्तुत गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै सम्मेलनमा नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित देशहरुबाट नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान गरिेका अतिप्रभावित गरिब तथा तेश्रो मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘ग्रीन क्लाइमेट फण्ड’ (हरित जलवायु कोष) उपलब्ध गराउन लबिङ गर्नेछ ।
यसअघि दक्षिण अमेरिकी देश चिलीको सान्टियागोमा तय भएको कोप–२५ त्यहाँको सरकारले विषम राजनीतिक परिस्थितिका कारण व्यवस्थापन गर्न असक्षम रहेको बताएपछि स्पेन सारिएको हो ।
मंसिर १६ मा सुरु भएर २७ सम्म चल्ने सम्मेलनमा विश्वका १ सय ९७ देशका राष्ट्र तथा सरकार प्रमुख, वातावरणमन्त्रीहरुका साथै जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि सहभागी छन् । मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएर आउँदो २९ मंसिरमा स्वदेश फर्कने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।