खोटाङको रावाबेंशी गाउँपालिकाको गाडीमा आगजनी

 मंसिर २३, २०७६ सोमबार १०:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुबास दर्नाल - खाेटाङकाे रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निराैलाले प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ । 

गाउँपालिका प्रमुख निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा आइतबार राति आगलागी भएको हो । आगलागीका कारण गाडी जलेर पूर्णरुपमा क्षतिग्रस्त भएकोे छ ।

‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, उहाँले भन्नुभयो, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’ करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । 

कुभिण्डेको हरमटार र ऐंसेलुखर्कबाट गएकोे प्रहरीे टोलीले राती साढे १ बजे आगो नियन्त्रणमा लिएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । 

खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक वामदेव गौतम आफै घटना स्थल पुगेर अनुसान्धान सुरु गरेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएका गाडी ३८ लाखमा खरीद गरिएको गाउँपालिकाले जनाएको छ । 

 
 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया