घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
बर्दिया - चिनियाँ फिल्म अभिनेत्री तथा भिजिट नेपाल २०२० की सद्भावना दूत सु छिङ बर्दिया आउनु भएको छ । उहाँ शनिबार सद्भावना दूतको रूपमा अवलोकनका लागि बर्दिया आउनु भएको हो ।
सु छिङले शनिबार बर्दिया बाँसगढी नगरपालिकाको केदारेश्वर धाम, बर्दिया नगरपालिकाको सत्खलुवाताल होमस्टे, बर्दिया निकुञ्ज लगायतका क्षेत्रहरुको अवलोकन गर्नु भएको छ ।
बर्दियामा रहेका प्रमुख पर्यटकीय गन्तव्य ठाकुरद्वारा, कृष्णसार, खाता जैविकमार्ग र बढैयाताल लगायतका क्षेत्रको प्रचारप्रसार गर्न उहाँ त्यस क्षेत्रमा पुग्नुभएको हो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोला, बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लगायतले सद्भावना दूत सु छिङको स्वागत गर्नुभएको थियो ।
यस्तै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले पनि छिङलाई बर्दियाको भुरीगाउँमा स्वागत गर्नु भएको थियो । उहाँले ठाकुरबाबा नगरपालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बताउँदै विभिन्न जनावरहरुको अवलोकन गर्न सकिने बताउनुभयो ।
बर्दियाको पर्यटन प्रर्वद्धनका लागि बर्दिया आउनु भएकी अभिनेत्री सु छिङले नेपाल र चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा खुसी भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।