चार नयाँ परियोजना निर्माणका लागि एडीबी र सरकारबीच सम्झौता

 मंसिर २४, २०७६ मंगलबार १३:५१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ । 

सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडीबीसँग सम्झौतामा गरेको हो ।

ऋण सहयोग सम्बन्धी सम्झौतामा मंगलबार सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा एडीबीका देशीय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नति गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदीमा बाढी व्यवस्थापन तथा नदीको सुधारका लागि ६ कारेड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५-५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताउनुभयो ।

कार्यक्रममा अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतिका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताउनुभयो । त्यसमध्ये एडीबीको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने बताउनुभयो ।

उहाँले त्यस सडकखण्डको आँबु खैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडक चार लेनको बनाइने समेत बताउनुभयो ।

अर्थसचिव खनालले सडकको स्तरोन्नति गरिएपछि पूवार्धारको विकास मात्र नभएर सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । एडीबीले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामीण विकासका लागि सहयोग गर्दै आएको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया