सुनचाँदीकाे भाउ आज पनि घट्याे

 मंसिर २४, २०७६ मंगलबार १५:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ ।

मंगलबार सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार पनि सुनको भाउ तोलामा २ सय रुपैयाँ नै घटेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदी तोलामा ५ रुपैयाँ नै घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ हिजो पनि तोलामा ५ रुपैयाँ नै घटेको थियो ।

डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत भएपछि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको सुनको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया