घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - मानव विकास सूचकाङ्कमा नेपाल १४७औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ ।
७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले मंगलबार काठमाण्डौमा सार्वजनिक गरेको मानव विकाससम्बन्धी प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भए पनि नेपाल जस्तो देश मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ ।
तर समग्र एसिया प्रशान्तमा मानव विकासमा असन्तुलित जोखिमको खतरा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा द्रुत गतिमा मानव विकासको प्रगति भएको उल्लेख छ ।
प्रतिवेदनअनुसार दक्षिण एसियाको मानव विकासको सूचक ४६ प्रतिशतले बढेको छ । एसिया प्रशान्तमा सबैभन्दा बढी वृद्धिदर हासिल गर्नेमा आयरल्या पछि थाइल्याण्ड दोस्रोमा रहेको छ । प्रतिवेदनमा दक्षिण एसियामा १० मध्ये ४ मानिसमा सरसफाइको सुविधा नपुगेको उल्लेख छ भने गरिब समुदायमा जलवायु परिवर्तनको जोखिम रहेको उल्लेख गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मानव विकास सुधारका लागि सरकारले १० वर्षे कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले ज्ञान र प्रविधिको विकास र पहुँच बढेसँगै मानव विकासको सूचकमा समेत सुधार हुने बताउनुभयो ।
मानव विकास सूचकाङ्कमा नेपालले सन २०१८ का लागि ०.५७९ अंक प्राप्त गरेको छ । सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सूचकाङ्क मूल्य ०.३८० देखि ०.५७९ सम्म बढेको छ ।
यो अवधिमा नेपालमा जन्मदरको औसत आयु १६.१, विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । विश्वमा मानव विकास सूचकाङ्कमा नर्वे ०.९५४ अंकसहित सबैभन्दा अगाडि छ । स्विजरल्याण्ड ०.९४६ अंकसहित दोस्रो स्थानमा रहेको छ । सबैभन्दा अन्तिम १ सय ८९ स्थानमा ०.३७७ अंकसहित पश्चिमी अफ्रिकी देश नाइजर रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।