राष्ट्रपतिद्वारा संसद्काे हिउँदे अधिवेशन आह्वान

 मंसिर २४, २०७६ मंगलबार २०:३६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपतिले आउँदाे पुस ४ गते शुक्रबार अपराह्न ४ बजे संसद भवन बानेश्वरमा अधिवेशन आह्वान गर्नुभएको हो ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा समेत लिइन्छ । अधिवेशनले रिक्त सभामुखको समेत चयन गर्नेछ । तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रकरणमा राजीनामा दिएपछि सभामुख पद रिक्त रहेकाे छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया