सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिराेह पक्राउ

 मंसिर २५, २०७६ बुधबार १६:१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

भाइबर, इमो, ह्वाट्सएप, फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीका ३७ वर्षीय विशेश्वर प्रसाद तिवारी र त्यसै ठाउँका सन्दिप कलवार रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ ।

अनलाइन ठगीमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमार्फत ठगी धन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताउनुभयो । 

पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको उहाँले बताउनुभयो ।

नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए । उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताउनुभयो ।

थापाले अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगीमा संलग्न रहेको र १५ जना अनलाइनबाट ठगी पीडितहरु प्रहरीको सम्पर्कमा आएको बताउनुभयो । एजेण्टहरुले ठगी गरेर कारोबार गरेका बैंकहरुमा ह्याक हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया