बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

 मंसिर २५, २०७६ बुधबार १७:२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी - सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहलाई स्थानीय एक जना महिलालाई बालत्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

साहलाई प्रहरीको विशेष टोलीले बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय एक जना महिलाले आफूलाई जबजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी दिएपछि वडाअध्यक्षलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको आवश्यक अनुसन्धान कार्य भैरहेको तथा पक्राउ परेका वडाध्यक्षलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको डीएसपी एवं प्रवक्ता तिलक भारतीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया